धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ ।

आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वाेच्च अदालत जबरा आउने भएपछि सर्वाेच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो ।

कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । आफूलाई अभियान्ता बताउने तारा बरालले कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी हुन् ।

जबराको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्