बढ्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले  सार्वजनिक गरेको विवरणअनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ ।

आइतबार प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको हाे ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० कायम रहेको छ । आइतबार  तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्