धरानमा टेम्पो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका ६ सुतार चोकमा गएराति टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १५ का ५३ वर्षीय देवान सिंह राई रहेका प्रहरीले जनाएको छ ।

हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । टेम्पो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्