बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ मंसिर । सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन् । उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ ।

४ मंसिरकाे  निर्वाचनमा  विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुन: मतदान भएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्