काठमाडौं, २९ माघ । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम छ।
त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।










