जापान विजेता स्पेन उपविजेता

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १६ मंसिर

जापान र स्पेन आफू अनूकुलको नतिजा निकाल्दै कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छन् । बिहीबार राति खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानले स्पेनलाई २–१ अन्तरले पराजित गरेको हो । यद्यपि, स्पेन पराजित बाबजुद पनि आफू अनूकुल नतिजा निस्कदा अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।

जितसँगै समूह ‘इर्’ मा जापानले तीन खेलबाट ६ अंक जोड्दै विजेता बन्यो । समान चार अंक भएपनि जर्मनीलाई गोल अन्तरमा पछि पार्दै स्पेन उपविजेता बन्यो । तीन अंकको कोस्टारिका र जापान प्रतियोगिताबाट बाहिरिएका छन् ।

एसियाली मुलुक जापानको जितमा रित्सु डोन र एओ टानकाले दोस्रो हाफमा एक एक गोल गरेको थिए । स्पेनका अल्भारो मोराटाले पहिलो हाफमा गोल गरेपनि जिताउन पर्याप्त रहेछ ।

अब, अन्तिम १७ मा जापानाले क्रोएसियाको सामना गर्दा स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्