काठमाडौं, २८ माघ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुन तोलामा ११ सय रुपैयाँले बढेको छ । ११ सय रुपैयाँले बढेर तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी तोलामा ५० रुपैँयाले बढेको छ । महासङ्घका अनुसार चाँदी तोलामा ५ हजार २९० रुपैयाँ कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










