काठमाडौँ, २६ माघ । नेपाली बजारमा ठूलो अण्डा प्रतिक्रेट ६० रुपैयाँले घटेर ३७५ रुपैयाँ कायम भएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएके छ।
मिडियम अण्डा ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रहेको थियो । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।











