काठमाडौं, १५ मंसिर । गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । आज दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो ।
भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ ।
गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए ।
नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी थिए ।