सञ्चारमन्त्री कार्की : अन्तराष्ट्रिय क्षेत्रमा पुराउने गरि नेपालको चलचित्र क्षेत्रको बिकास गर्नुपर्छ

खबर बुक
  • ख-
  • ख+

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तराष्ट्रिय क्षेत्रमा पुराउने गरि नेपालको चलचित्र क्षेत्रको बिकास गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल चलचित्र निर्माता संघका १६ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अहिले लाखौ नेपालीहरु रोजगारका लागि बिभिन्न देशमा रहेको भन्दै नेपालको चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुराउने गरि बिकास गर्नुपर्ने बताउनुभएको हो ।

विदेशमा रहेका नेपालीहरुलाई पनि सहज रुपमा नेपाली चलचित्र हेर्न सक्ने गरि काम गर्नुपर्ने उहाको सुझाव छ । त्यस्तै मन्त्री कार्कीले धेरै राम्रा सिनेमाहरु बनेको र आगामी दिनमा कला संस्कृति र भूगोललाई मध्यनजर गर्दै बनाई विश्व बजारमा राम्रै स्थान पाउने जिकिर गर्नुभयो ।

कार्यक्रममा बिभिन्न व्यीक्तहरुलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्