म्यादी प्रहरीमाथि अपशब्द बोलेको आरोपमा एक युट्युवर पक्राउ

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, १४ मंसिर ।  निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा प्रहरीले एक जनालाई युट्युवरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ४ हुप्राचौर घर भएका २० वर्षीय नविन खड्का उर्फ प्रतिक रहेका छन् । प्रतिक खड्का नामक युट्युवमा खड्काले म्यादी प्रहरीलाई ‘कुकुर’ तथा म्यादी प्रहरीमा जानेहरू ‘केटी हेर्न’ का लागि जाने गरेको भन्दै अपशब्द प्रयोग गरेका छन् ।

युट्युवमार्फत आक्षेप र लान्छना लगाएर समाजमा अपाच्य हुने शब्द प्रयोग गरेर नकारात्मक सन्देश प्रवाह गरेको अभियोगमा उनलाई मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्