काटठमाडौं, ३० कात्तिक । आगामी फागुन २१ गतेका लागि निर्धारित तिनिधि सभा निर्वाचनका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने मिति आज सक्दिै छ । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।
निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो । यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन् । केहीले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।
निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ ।













