काठमाडौँ, २४ कात्तिक । नेपाल राष्ट्र बैङ्कले सोमबार ९आज० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













