काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ७ हजार १०० रुपैयाँले वृद्धि भएको हो। १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख २१ हजार १९५ रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढ्दै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य ३ हजार २७५ रुपैयाँ थियो।












