राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ ९क्ष्एग्० को १५१औँ महासभामा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन्।

अध्यक्ष दाहालसहितको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह ९गरिमा० सहभागी छन्।

कात्तिक २ गतेदेखि ६ गतेसम्म चल्ने उक्त महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट औपचारिक सम्बोधन गर्ने कार्यक्रम छ। साथै, विभिन्न देशका संसद प्रमुखहरूसँग द्विपक्षीय भेटघाट पनि तय भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

प्रतिनिधिमण्डलका सदस्यहरू महासभाको स्थायी समिति सम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन्। टोली कात्तिक ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्