आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । विश्व मानसिक स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रमसहित नेपाल लगायत विश्वभर मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउने उद्देश्यले हरेक वर्ष अक्टोबर १० मा यो दिवस मनाउने गरिन्छ।

सन् १९९२ देखि मनाउन थालिएको यस दिवसले मानसिक स्वास्थ्यबिना समग्र स्वास्थ्य सम्भव छैन भन्ने सन्देश फैलाउँदै आएको छ। यस वर्षको दिवसले विशेषतः प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटको बेला पीडितलाई मनोसामाजिक परामर्श र तत्काल सहयोग प्रदान गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

संयुक्त राष्ट्रसंघले राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरू सबैलाई एकजुट भई मानसिक स्वास्थ्य सुदृढ गर्न आह्वान गरेको छ।

विश्व स्वास्थ्य संगठन (WHO) ले पनि सदस्य राष्ट्रहरूलाई मानसिक स्वास्थ्यको महत्व बुझ्न र “मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ” भन्ने सन्देशलाई व्यवहारमा उतार्न आग्रह गरेको छ।

नेपालमा पनि आज विभिन्न संघसंस्था, अस्पताल, शैक्षिक संस्था र सरकारी निकायहरूद्वारा गोष्ठी, परामर्श सत्र, सचेतना ¥याली लगायत कार्यक्रम आयोजना गरिंदै छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्