प्रधानमन्त्री कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले गरे छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २१ । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको उहाले बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सम्पन्न गर्न सरकारका तर्फबाट सवै प्रकारको सहयोगको प्रतिवद्धता जनाउनुभएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

उहाले निर्वाचनका बिषयमा दलहरुसंग पनि छलफल गर्ने तयारी भएको बताउनुभयो । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्