काठमाण्डौं, २१ असोज । आज सुनको भाउमा फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुन तोलाको दुई हजार तीन सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ दुई लाख ३३ हजार एक सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ भने यथावत नै रहेको छ । चाँदीको भाउ आज दुई हजार नौ सय ६० रुपैयाँ रहेको छ ।












