काठमाडौँ, २१ असोज । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएकी छन् । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ ।
बैठकले विपद्पछिको राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्थालगायत विषयमा निर्णय गर्नेछ। प्राधिकरणका अनुसार विपद्जन्य घटनामा हालसम्म अनुसार अविरल वर्षासँगै बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु भएको छ। ६ जना बेपत्ता भएको र २८ जना घाइतेको उपचार भइरहेको छ।
बैठकमा अर्थमन्त्री, ऊर्जा, गृह, उद्योग, शिक्षा, कृषि र सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीलाई पनि बोलाइएको छ।













