पार्टीले टिकट दिनेमा विस्वस्त छु: उपसभामुख भुसाल

खबर बुक
  • ख-
  • ख+

सभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू अर्घाखाँचीबाट उम्मेदवार बन्ने संकेत गर्नुभएकाे छ ।
उपसभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेकी भुसालले  जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि आफूले इच्छा जाहेर गरेको भन्दै स्वाभाविक उम्मेदवारी रहने स्पष्ट पार्नुभयाे ।

युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गरिनु नहुने भुसालले बताउनुभयाे ।

उहाले टिकट पाउने नपाउने पार्टीको हातमा रहेको भन्दै उपसभामुख  भुसालले टिकट पाउनेमा आफु विस्वस्त रहेको बताउनुभयाे ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले भुसालको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेतृ भुसालले गठबन्धनले सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउने बताउनुभयाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्