भोटेकोशीमा आएको बाढीले २४० मेगावाट विद्युत उत्पादन बन्द

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २४ । नेपाल विद्युत प्राधिकरले मंगलबार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत उत्पादन बन्द भएको जनाएको छ ।

आफ्नो सय दिनको कार्यप्रगतिका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्र्दै आएको १० मेगावाट गरि २४० मेगावाट विद्युत उत्पादन बन्द भएको जानकारी दिनुभयो । बाढीक कारण सवै भन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा उहाले जानकारी दिनुभयो ।

त्यस्तै ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि धेरै क्षति पुगेको शाक्यले बताउनुभयो । अन्य आयोजनाबाट बाढी घट्नेबितिकै उत्पादन सुरु हुने भएपनि रसुवागढी र त्रिशूली थ्री ए बाट विधुत उत्पादन गर्न केहि समय लाग्ने देखिएको उहाले जानकारी दिनुभयो ।

त्यस्तै आफ्नो सय दिनको कार्यका बारेमा जानकारी गराउदै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको १४ अर्ब भुक्तानी दायित्व रहेकाले छोटो समयका लागि केहि लिन लागिएको बताउनुभयो । उहाले रकम अभावकै कारण हेटौडा–ढल्केवर प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन नसकिएको जिकिर गर्नुभयो ।

उहाले आफ्नो कार्यकालको सय दिनमा प्राधिकरणको आधारभूत सुधार र दीर्घकालीन योजनाको थालनी गरेको भन्दै यसलाई तीव्र गतिमा अघि बढाइने बताउनुभयो । त्यस्तै गुणस्तरीय विश्वसनीय र भरपर्दो विधुत आपूर्तिको व्यवस्था मिलाउन निजगढ–पोखरीया, बालाजुदेखि महराजगंज हुदै सिंहदरबार, दुधकोशी प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गरिएको उहाले उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्