नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २४ । नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या आएको छ। नेपाल टेलिकमले एक सूचना जारी गर्दै मंगलबार राति साढे १ बजेदेखि नेटवर्कमा समस्या आएकाे जानकारी दिएकाे छ। 

व्यान्डविथ दिईरहेको अन्तरराष्ट्रिय सेवा प्रदायकको नेटवर्कमा समस्या आउँदा टेलिकमको डाटा सेवामा समस्या देखिएको टेलिकमका प्रवक्ता रविन्द्रमान मानन्धरले जानकरी दिए।

तत्काल समस्या समाधान गरी सेवा पुनस्थापनाको प्रयास जारी रहेको कम्पनीले बताएको छ। अप्रत्याशित रूपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भई ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्