शिक्षकहरुका जायज मागलाई सरकारले पुरा गर्ने :देउवा

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शिक्षकहरुका जायज मागलाई सरकारले पुरा गर्ने विश्वास व्यक्त गरेका छन ।

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्दोलनपछि शिक्षकहरुसंग सरकारले गरेका सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

उनले शिक्षकहरुको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्नेमा जोड दिए । शिक्षक, प्राध्यापकका जायज मागहरुलाई पुरा गराउनका लागि आफुले पनि सक्दो पहल गर्ने उनले बताए ।

सभापति देउवाले बिद्यार्थीहरुको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्नुपर्ने कुरा शिक्षकहरुलाई सहज नरहेको उल्लेख गरे ।

त्यस्तै सभापति देउवाले अहिले नेविसंघमा आबद्ध हुने बिद्यार्थीको संख्या कम भएको उल्लेख गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्