गुल्मी महोत्सव चैत २९ देखि, ३० करोड कारोबार अनुमान

खबर बुक
  • ख-
  • ख+

१२ चैत, काठमाडौं । दोस्रो संस्करणको गुल्मी महोत्सव चैत २९ देखि वैशाख १३ सम्म सञ्चालन गरिने भएको छ। गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला सञ्चालन गरिने भएको हो।

गुल्मी चेम्बर अफ कमर्सद्वारा तम्घासमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका सचिव सूर्य घिमिरेले ‘गुल्मी जिल्लाको समृद्धिको आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ नारासहित महोत्सव आयोजना गर्न लागिएको बताए।

महोत्सव रेसुंगा नगरपालिका–२ स्थित नुनथलामा आयोजना हुने चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए। महोत्सवमा ३० करोड बराबरको आर्थिक कारोबार र डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ।

महोत्सवले गुल्मीको कृषि, घरेलु औद्योगिक प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्र प्रचार–प्रसारर महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक गुल्मी चेम्बरको विश्वास छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्