
काठमाडौं, चैत्र १२ । विश्वमा कपडा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको बंगलादेशको गार्मेन्ट क्षेत्र गम्भीर संकटमा पुगेको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको ‘कू’पछिको सात महिनामा १४० भन्दा बढी गार्मेन्ट कारखाना बन्द भएको हो।
यसबाट एक लाखभन्दा बढी कामदार बेरोजगार भएका छन्। गाजीपुर, सावर, नारायणगञ्ज र नरसिन्दीमा मात्र ५० भन्दा बढी कारखाना पूर्ण रूपमा बन्द भएका छन् भने लगभग ४० कारखाना अस्थायी रूपमा बन्द छन्।
धेरै गार्मेन्ट कम्पनीमा कामदारले २ महिनादेखि १४ महिनासम्मको तलब तिनुपर्ने हुन्छ। जसका कारण उनीहरू सडकमा विरोध गरिरहेका छन्। ईद नजिकिँदै जाँदा अवस्था थप भयावह बन्दै गइरहेको छ। ईदपछि थप कारखाना बन्द हुने जनाइएको छ।