नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , ५ चैत । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मंगलबार गृहमन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दिपक थापालाई ३१ औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

दज्र्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक थापाले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै सुधार आवश्यक गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाले आफु प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै संगठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले संगठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखि समन्वयात्मक भूमिकाका लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गर्दै गृहसचिव दुवाडीले बिभिन्न अपराधका घटनाबाट नयाँ चूनौति उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले मुलुकको शान्तिसुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने बताउनुभयो । थापाले २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक दर्जाबाट आफ्नो प्रहरी सेवा सुरु गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्