काठदाउरा प्रयोग गर्छ देशको आधा बढी जनसंख्या (तस्बिरसहित)

खबर बुक
  • ख-
  • ख+

२ चैत, काठमाडौं । देशको आधाभन्दा बढी जनसंख्याले खाना पकाउन अझै पनि दाउरा प्रयोग गर्दै आएको छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशतले खाना पकाउन काठ/दाउरा प्रयोग गरिरहेको उल्लेख छ।

अघिल्लो जनगणना तथ्यांकको तुलनामा यसपटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको छ। २०६८ को जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए। जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत छन्।

भौगोलिक क्षेत्रअनुसार घरायसी ऊर्जा प्रयोग र मिश्रणमा फरक भेटिन्छ। करिब २० प्रतिशत घरमा खाना पकाउन आधुनिक ऊर्जा स्रोत विद्युत र एलपी ग्यास प्रयोग हुने गरेको छ। ८० प्रतिशत घरमा परम्परागत ऊर्जाका स्रोत दाउरा, कृषिजन्य अवशेष, घरपालुवा गाईवस्तुका गोबरको गुइँठा आदि प्रयोग हुने गरेको छ। भौगोलिक क्षेत्रका हिसाबले तराई क्षेत्रका ९९ प्रतिशत घरमा राष्ट्रिय ग्रीडबाट बिजुली पुगेको छ। हिमाली क्षेत्रका करिब ३२ प्रतिशत घरमा मात्र राष्ट्रिय ग्रीडको बिजुली पुगेको छ। हिमाली र पहाडी क्षेत्रका अधिकांश जनसंख्या ऊर्जाका लागि वनजंगलमा आश्रित छ।

ग्रामीण क्षेत्रका १७.४ प्रतिशत घरमा खाना पकाउन कृषिजन्य अवशेष र गुइँठा प्रयोग हुने गरेको छ। सहरी क्षेत्रमा समेत यसको प्रयोग गर्ने घरको संख्या ५.४ प्रतिशत छ। खाना पकाउन ग्रामीण क्षेत्रमा ७.३ प्रतिशत घरमा र १४ प्रतिशत घरमा बिजुली प्रयोग हुने गरेको छ। भौगोलिक क्षेत्रका हिसाबले हिमाली क्षेत्रमा खाना पकाउन ९६ प्रतिशत घरमा, पहाडी क्षेत्रमा ६५.५ र तराई क्षेत्रमा ७९ प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग हुने गरेको छ।

daura-wood-(10)-1742019290.jpg
daura-wood-(9)-1742019288.jpg
daura-wood-(8)-1742019286.jpg
daura-wood-(7)-1742019285.jpg
daura-wood-(6)-1742019283.jpg
daura-wood-(5)-1742019281.jpg
daura-wood-(4)-1742019279.jpg
daura-wood-(3)-1742019277.jpg
daura-wood-(2)-1742019272.jpg
daura-wood-(1)-1742019272.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्