प्रधानमन्त्रीले सांसद प्रभु साहलाई अपमानित गर्ने र होच्चाउने काम गरेको नेता दाहालको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ४ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सांसद प्रभु साहलाई अपमानित गर्ने र होच्चाउने काम गरेको बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले चार दिन अघि नै प्रधानमन्त्रीलाई लिखित रुपमा दिएको प्रश्न सोध्दा उल्टै प्रतिपश्न गरेर प्रधानमन्त्रीले सांसद साहलाई होच्चाउने काम गरेको बताउनुभएको हो ।

उहाले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने अधिकार सवै सांसदलाई रहेको भन्दै नियमावलीमा रहेर प्रश्न गर्दा प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिलाई त्यसलाई सहज ढंगले जवाफ दिन सक्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाले प्रधानमन्त्रीको जवाफमा नियमापत्ति गर्न पाउने अधिकार सांसदलाई रहेपनि सांसद साहलाई बोल्न नदिएको धारणा राख्नुभयो । उहाले सरकार आफ्ना बिरोधी प्रति थप निरंकुश हुदै गएको जिकिर गर्नुभयो ।

सांसद दाहालले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक पारित नहुदै ऐनको कार्यान्वयन प्रधानमन्त्रीले रोष्टमबाटै गरेको टिप्पणी गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्