
४ फागुन, काठमाडौं ।बैंकिङ प्रणालीमा तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ४० अर्ब खिच्ने भएको छ। राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता खिच्न लागेको हो।
आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी फागुन २५ गते भुक्तानी हुनेछ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकम हुनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने व्यवस्था रहेको छ।