सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २७ । सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ ।

आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेश गर्नुभएको हो । उहाले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थीत, सुरक्षीत र मर्यादीय बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिनुभयो । सामाजिक सञ्जालको सही तवरले प्रयोग गरि सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाइ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादीत बनाउन खोजिएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।राष्ट्रिय सभाको अर्को बैठक सोमबार बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्