महिला टी२०आईकी उत्कृष्ट नेपाली खेलाडी महतो यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

खबर बुक
  • ख-
  • ख+

२६ माघ, काठमाडौं ।नेपाल, नेदरल्यान्डस् र थाइल्याण्डले प्रस्तुत गरेको रोमाञ्चक प्रदर्शन, दृढ संकल्प र उत्कृष्ट खेल भावनासँगै नेपालमा आयोजित महिला टी२०आई त्रिकोणीय क्रिकेट शृंखला २०२५ सम्पन्न भएको छ।

प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले शृङ्खलाकी उत्कृष्ट नेपाली खेलाडीलाई ब्रान्ड न्यू यामाहा रेजेडआर १२५एफआई हाइब्रिडबाट पुरस्कृत गरेको छ।

फाइनल खेलपछि आयोजित कार्यक्रममा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पूजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरिन्।

यो पुरस्कार नेपाली खेलकुद, विशेषगरी देशमा महिला क्रिकेटर उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक रहेको कम्पनीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्