यूएसएडका २२ हजार कर्मचारी हटाउने ट्रम्पको निर्णयमा अदालतको रोक

खबर बुक
  • ख-
  • ख+

२६ माघ, काठमाडौं ।अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड)का २,२०० कर्मचारीलाई प्रशासनिक बिदामा राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा अदालतले अल्पकालीन रोक लगाएको छ।

न्यायाधीश कार्ल निकोल्सले शुक्रबार आदेश जारी गर्दै ट्रम्प प्रशासनलाई कर्मचारीलाई अनिश्चितकालीन बिदामा पठाउने वा हटाउने योजना तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।

न्यायाधीश निकोल्सको आदेश यो मुद्दाको निरुपण नभएसम्म लागू हुने सीएनएनले जनाएको छ।

यूएसएड कर्मचारीका तर्फबाट दुई श्रमिक समूहले बिहीबार अदालतमा मुद्दा दायर गरेका थिए।-एजेन्सी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्