सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ माघ  । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेर कारोबार भएको छ ।

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।  
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्