भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ ।
बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन । यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन ।