नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ ६ । हिजाे युगान्डालाई हराउँदै फाइनलमा पुगेकाे नेपाली महिला टाेली खाे -खाे विश्वकपकाे फाइनलमा पुग्न भारतसँग चुकेकाे छ ।

नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आज भएकाे उपाधि प्रतिस्पर्धामा नेपाली महिला टाेली ७८–४० ले पराजित भयाे । नेपाली महिला टाेली अपराजित रहँदै उपाधि नजिकै पुगेकाे थियाे । नेपाली महिलाे टाेलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएकाे थियाे ।

यस्तै नेपाली महिला टाेलीले समूह चरणकाे पहिलाे खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

खाे–खाे विश्वकप फाइनलकाे पुरुषतर्फ अहिले बेलुकी ८ बजे भारतसँग खेल्दैछ 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्