नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ ५ । नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ घर भइ हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ मा बस्दै आएका ३० वर्षीय राजु कार्की रहेका छन्। 

कार्कीले आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै पीडितसँग भएका सुनका गरगहना धितो राखेर रकम दिन भनेका थिए। त्यसका लागि उनले आफूसँग भएको जग्गा पीडितको नाममा पास गरिदिन्छु भनेर तीन लाख रुपैयाँ लिए। 

तर रकम लगिसकेपछि फिर्ता गर्नेबेला उनी फरार भए। त्यसपछि पीडितले आफू ठगिएको थाहा पाइन्। र प्रहरीकहाँ उजुरी लिएर गइन्। उजुरीपछि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। 

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्