
काठमाडौं, ३ माघ । महालक्ष्मी विकास बैंकले बालबालिकाको भोलिका दिनमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि सम्बोधन गर्ने गरी बचतमै मुद्दतीसरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउन्ट सञ्चालनमा ल्याएको छ।
खाताअन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन्, जसबाट १ वर्षको व्यक्तिगत मुद्धती बराबरकै ब्याजको लाभ लिन सक्नेछन्। अभिभावकद्वारा सञ्चालन गर्न सकिने यो खातामा अवधि समाप्तिपछि एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ।
मुद्दती खाताजस्तो धेरै रकम पनि नचाहिने र ५०० बाट सुुरुगर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिका दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्ना बालबालिकाको शिक्षादीक्षा तथा अन्य वित्तीय आवाश्यकता पूर्ति गर्न सघाउ पुग्ने विश्वास बैंकको छ।