सेयर कारोबारमा नयाँ रेकर्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २२। सेयर कारोबार रकममा नयाँ रकेर्ड बनेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार साढे २३ अर्ब बढीको कारोबार हुँदै कारोबार रकममा नयाँ रेकर्ड बनेको हो। 

यसअघि, गत साता अर्थात् साउन १६ गते बुधबार २०७८ साउन ३१ मा भएको २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको काराबारको रकेर्ड तोडिएको थियो। साउन १६ मा बजारमा कुल २१ अर्ब ७१ करोडको कारोबार हुँदै नयाँ रेकर्ड बनेको थियो। तर, मंगलबार कुल २३ अर्ब ५० करोडको कारोबार हुँदै उक्त रेकर्ड पनि ब्रेक भएको हो। 

मंगलबार कारोबारले नयाँ रेकर्ड बनाएपनि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च गिरावट आएको छ। मंगलबार नेप्से १४५.०५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेर २६५१.३२ बिन्दुमा रोकिएको छ। 

मंगलबार कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य भेन स्थिर छ। 

मंगलबार थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।

यस्तै, नेपाल फाइनान्स, गोर्खा फाइनान्स, सेन्ट्रल फाइनान्स, पन्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फाक्टचर एन्ड डेभलपमेन्ट, शुभम् पावर र हाथवे इन्भेस्टमेन्टको सेयर मुल्यमा नकरात्मक सर्किट लागेको छ। यस्तै, १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढीले घटेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्