सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार सुन तोलाको ४ सयले बढेर एक लाख ४६ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४५ हजार ७ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्