मौद्रिक नीति आज सार्बजनिक नहुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । आज मौद्रिक नीति सार्बजनिक नहुने भएको छ ।

पुरै तयारी गरेर आज मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्बजनिक नगर्ने भएको हो ।

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा विहिबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्बजनिक हुने भनिएको मौद्रिक नीति केहि दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यस अघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेका थिए ।
  न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्