सामसङद्धारा ‘ग्यालेक्सी एआई’को घोषणा

खबर बुक
  • ख-
  • ख+

प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलीजेन्स  (एआई)को दौड चलिरहेका बेला सामसङले ‘ग्यालेक्सी एआई’को घोषणा गरेको छ । कम्पनीले नयाँ पुस्ताको ग्यालेक्सी एस२४ सिरिज सार्वजनिक गर्नुअघि ग्यालेक्सी एआईको घोषणा गरेको हो ।

सामसङले सन् २०२४ मा एस२४ सिरिजका फोन ल्याउने अपेक्षा गरिएको छ । कम्पनीले ग्यालेक्सी एआई पनि आउँदो वर्षको सुरुमा सार्वजनिक हुने जनाएको छ । यो सुविधा सामसङका डिभाइस र त्यस्तै अरूमा पनि उपलब्ध हुने बताइएको छ ।

ग्यालेक्सी एआईले ‘फोन कल’लाई लाइभ अनुवाद गर्न सक्ने जनाइएको छ ।

एआई लाइभ ट्रान्सलेट कलले प्रयोगकर्तालाई चाहिएका बेला ‘पर्सनल ट्रान्सलेटर’का रूपमा काम गर्नेछ ।

ग्यालेक्सी डिभाइसकै फोनकलसँग एकीकृत गरिएकाले यस्तो सुविधाका निम्ति तेस्रो पक्षको एप चलाइरहन नपर्ने कम्पनीले जनाएको छ ।

यो एआई सुविधाले अडियो र टेक्स्टलाई बोलेलेखेकै बेला लाइभ अनुवाद गर्न सक्नेछ ।

यसबाहेक विभिन्न अत्याधुनिक सुविधाका साथ सार्वजनिक गरिने ग्यालेक्सी एआईसँगै मोबाइल एआईको नयाँ युग सुरु हुने विश्वास सामसङको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्