सुदूरपश्चिममा थपिए २० कोरोना संक्रमित

खबर बुक
  • ख-
  • ख
  • ख+

धनगढी, २७ चैत । सुदूरपश्चिम प्रदेशमा सोमबार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सात सय ६८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १६ जना र ३३ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १७ जना कैलालीका, दुई जना कञ्चनपुर र एक बैतडि जिल्लाका रहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्