थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २७ चैत ।  एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार  २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टीजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइशोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जनालाई राखिएको छ ।

यस्तै ४ जनाको भन्टेलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज मात्रै २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको  पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्