चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ चैत । चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न १५ औं साधारण सभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो । निर्देशक तथा कलाकार उत्तम केसीका अनुसार उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा राज बस्न्यात सर्वसम्मत भएका छन ।

यसैगरी, सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी, अमृतमान महर्जन चयन भएका छन् भने सह सदस्यमा भने सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्