‘फुल और काँटेकी हिरोइन १२ बर्ष पछि बलिउडमा

खबर बुक
  • ख-
  • ख+

मुम्बई, ११ फागुन । भनिन्छ, हरेक अभिनेत्रीको आ–आफ्नै समय हुन्छ । के तपाईलाई अजय देवगनको सह–अभिनेत्री मधु शाह याद छ ?  हो उनै मधु शाह, जो फिल्म ‘फुल और काँटेमा १९९१ मा देखिएकी थिइन् ।

हालै उनको  नयाँ फिल्म ‘अन कट ‘ को टिजर सार्वजनिक भएको छ र जुन फिल्मवाट उनले आफ्नो दमदार अभिनयले दर्शकलाई निकै प्रभावित बनाउने देखाउने अडकलबाजी गरिएको छ ।

टिजर सार्बजनिक भए पछि अब १२ वर्षपछि अभिनेत्री शाहले आफना फ्यानका लागि केही नयाँ ल्याउदैछिन भन्ने चासोको विषय बनेको थालेको छ  धेरैले यो पनि सोचिरहेका होलान कि यतिका बर्ष उनी कहाँ थिइन ? खासमा उनी यस अवधिमा धेरै तमिल, तेलुगु र मलयालम फिल्महरू गरेकी थिइन्। अब उनी बलिउडमा फर्कने भएकी छिन ।अब १२ बर्ष पछि ‘अन कट’वाट ठुलो पर्दामा देखिने भए पछि उनका फयानहरुले उनलाई प्रतिक्षा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्