पूर्वमन्त्री वर्षमान पुन अकस्मात बिरामी परेका छन्

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३० पुस ।  पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुन अकस्मात बिरामी परेका छन् । माघी पर्व मनाउन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको बताइएको छ ।

अहिले पुनलाई लतितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ । पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । उनको रगतमा जन्डिसको मात्रा अध्याधिक देखिँदै आएको छ ।

चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार गराएर उहाँ केहीदिन पुस ५ गते मात्रै नेपाल फर्किएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्