बुटवलमा अज्ञात समूहको आक्रमणमा परि बाबुको मृत्यु, दाजुभाइ घाइते

न्युज कारखना
  • ख-
  • ख
  • ख+

बुटवल, २२ पुस । बुटवल उपमहानगरपालिका-१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणमा परी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन् । उनीहरूमाथि कस्ले आक्रमण गरेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्