काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यससँगै एकैदिन सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।
महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य एकैदिन प्रतितोला २६५ रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ।









