गृहमन्त्रीलाई ‘केटाकेटी’ भन्दै ओलीको कटाक्ष– ‘हामीले प्रशंसा गरिदिनुपर्ने ?’

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको विध्वंसले देश कम्तीमा २५ वर्षभन्दा धेरै पछाडि परेको बताएका छन् ।

बालकोटस्थित जलाइएको आफ्नो घरमा पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै भदौ २४ गते देशका लागि कालो दिन भएको बताए ।

‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ, अहिले रमाउनेहरू कम्तीमा २५ वर्षभन्दा पछाडि परेका छन् । त्यो कुरा पछि भोग्दै जाँदा थाहा पाउँछन्, अहिले रमाउनेहरूले पनि,’ ओलीले भने ।

यसैबीच, ओलीले गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई सुध्रिन दिएको चेतावनीप्रति व्यंग्य गरेका छन् ।

गृहमन्त्री गुरुङले ‘पहिले हेलिकप्टर चढेर भागेका थियौँ, अहिले त्यो पनि हाम्रै हातमा छ । चढिहाल्यौँ भने पनि जाक्दिन्छौँ’ भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै ओलीले त्यस्ता अभिव्यक्तिको आलोचना गरे ।

‘त्यही होइन र भन्या ?’ भन्दै ओलीले व्यंग्य गर्दै भने, ‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्