जलवायु न्याय सुनिश्चित गर्न राष्ट्रपति पौडेलको अन्तर्राष्ट्रिय समुदायसँग अपिल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धिका कारण जोखिम बढ्दै गएको बताएका हुन् ।

‘यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत गराएको छ,’ राष्ट्रपति पौडेलले सम्बोधनमा भने ।

उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र नभई उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालले विगतमा पनि भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको उल्लेख गरे । प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्